काठमाडौँ। अघिल्लो साताभर बढेको सेयर बजार यो साता भने ओरालो लागिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.५१ अंकले घटेको नेप्से हिजो (सोमबार) पनि ४.२८ अंकले घट्यो। आज मंगलबार पनि नेप्से ०.५३ अंकले घट्यो। मंगलबार ०.०२ प्रतिशतले घटेको नेप्से २६४४.७० विन्दुमा अडियो।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५३.९९ विन्दुमा रोकिएको छ। आज ३२४ कम्पनीको ५६ हजार नौपटकको कारोबारमा एक करोड आठ लाख १० हजार १०६ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँको कारोबार भयो । अस्ति (आइतबार) भने सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँबराबरको कारोबार भएकामा हिजो (सोमबार) चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज पाँचवटा समूहको घट्यो भने बाँकी आठवटा समूहको सूचक बढे। मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको घट्यो। साथै १३ कम्पनीका सेयर मूल्य स्थिर रहे।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ८१ लाख ३५ हजार ४७९ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ कायम रह्यो।