काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो।
पोखराले दिएको २०३ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो। वाटले आक्रामक अर्धशतक बनाए पनि जवाफमा आएको कर्णाली १९ ओभरमा १६७ रनमै अलआउट भयो। वाटले ३४ बलमा ५९ रन बनाएका थिए। उनले ४ चौका र ५ छक्का प्रहार गरे।
प्रियांक पाञ्चाल २ छक्का प्रहार गरी ११ बलमा १६, जयकिशन कोल्सावाला ६, पवन सर्राफ १४ बलमा समान १ छक्का र चौका प्रहार गरी १९ रनमा आउट भए। नाजिबुल्लाह जाद्रानले १५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए।
गुलसन झा ९, दीपेन्द्र सावत १०, कप्तान सोमपाल कामी १३, युनिससिंह ठकुरी ३ रन र विपिन शर्मा शून्यमा आउट भए। कर्णालीबाट ऋषि धवन र धनञ्जय लक्षणले ३ विकेट लिए। भारतका पूर्वतीव्र बलर धवनले ४ ओभरमा ३७ र श्रीलंकाका लक्षणले ४ ओभरमा ३१ रन खर्चे। कप्तान कुशल भुर्तेल, किरण ठगुन्ना, सन्दीप क्षेत्रीले समान १-१ विकेट लिए।
एडम रोसिङ्टनको शतकमा पोखराले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। पोखराले ५ खेलबाट ४ अंक पुर्याएको छ। कर्णालीको भने यो लगातार चौथो हार हो। ६ खेल खेलेको कर्णालीको भने २ अंक छ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रन बनायो। यो जारी सिजनको दोस्रो उच्च स्कोर हो। यसअघि विराटनगर किङ्सले पनि पोखराविरूद्ध २२० रन हिर्काएको थियो। यो एनपीएलमा हालसम्म उच्च हो।
आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे। यस्तै जेशन रोयले ४६, धनञ्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे।