काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सरकारले विभिन्न २७ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्को हिजो (सोमबार) को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको जानकारी दिए।

सरकारले सोमबार गरेको निर्णय पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरिएको हो। प्रवक्ता खरेलका अनुसार राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ।

यस्तै सरकारले गत २३ र २४ भदौको आन्दोलनका क्रममा भएको सार्वजनिक : सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ ।

यो पनि…

मन्त्रिपरिषद् निर्णय : ‘जेन-जी’ सहिद परिवारलाई परिचयपत्र‚ २३ भदौमा ‘जेन-जी’ सहिद दिवस

त्यस्तै भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ । सेनाका तीन सहायक रथीको पदावधि थप गर्ने र एक महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि निर्णय भएको खरेलले जानकारी दिए।

यस्तै सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तो परिचयपत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइनेछ। साथै प्रत्येक वर्ष २३ भदौलाई ‘जेन-जी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको छ।

बैठकले आगामी १ माघदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद-बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ। यसैगरी श्रीलंकामा भीषण बाढी-पहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए।

यस्तै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ। कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ। राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ।

हेर्नुहोस् सरकारले गरेका २७ निर्णयका सूची :