काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले मंगलबार उत्तर मोजाम्बिकमा बढ्दो हिंसाका कारण हजारौँ नागरिक विस्थापित भएको प्रति ‘गम्भीर चिन्ता’ जनाएको छ। पछिल्ला केही महिनामा यहाँ करिब तीन लाख मानिस विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ।

काबो डेलगाडो प्रान्तमा जिहादी विद्रोहले ६ हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने हिंसा छिमेकी नाम्पुला प्रान्तसम्म फैलिएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार पछिल्लो दुई सातामा मात्रै करिब एक लाख मानिस यस क्षेत्रमा हिंसाबाट भाग्न बाध्य भएका छन्।

पछिल्लो तीन महिनामा कम्तिमा दुई लाख ८७ हजार मानिस विस्थापित भएका छन्। यूएनएचसीआरका प्रतिनिधि जाभियर क्रिएचले बताए अनुसार, “यो सङ्ख्या केवल दर्ता भएका व्यक्तिहरूको हो, यस्तै अरू धेरै विस्थापित दर्ता छैनन्।”

क्रिएचले भने, “जुलाइदेखि हालसम्म कम्तीमा तीन लाख मानिस विस्थापित भएको अनुमान गर्न सकिन्छ।”

विद्यमान सङ्घर्षका कारण गाउँहरूमा आक्रमण तीव्र भएको र पहिले सुरक्षित रहेका जिल्लामा हिंसा फैलिएको छ, जसले मानवीय सहायता पुर्याउन थप चुनौती सिर्जना गरेको छ।

यूएनएचसीआरले यस क्षेत्रको आवश्यकता ‘अत्यन्त चुनौतीपूर्ण’ रहेको र प्रतिक्रिया प्रभावकारी नरहेको रहेको उल्लेख गर्दै, ‘मानवीय सहायता एकीकृत प्रयासले मात्रै सम्भव छ, थप सहयोग र स्रोत आवश्यक छ’ भनी अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगका लागि आह्वान गरेको छ। सन् २०१७ देखि हालसम्म मोजाम्बिकमा १३ लाखभन्दा बढी मानिस विस्थापित भइसकेको छ।