काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ मंसिर २०८२
प्रदीप अधिकारी। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो।

भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धान सिलसिलामा अधिकारीलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। अधिकारीलाई विशेष अदालतमा लगिएको छ।

अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ताको तयारी अख्तियारको छ। सोही सिलसिलामा अख्तियारले अधिकारीसहित ६ जना र एउटा कम्पनीलाई अदालतमा मुद्दा दर्ताको क्रममा ल्याइएको अदालतका प्रवक्ता कृष्ण शर्मा लामिछानेले बताए। “मुद्दा दर्ताको प्रक्रिया छ, आजै दर्ता हुँदैछ,” उनले भने।