काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्।

चक्रघट्टीमा आज (बुधबार) आयोजित आमसभामा उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए। “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” उनले भने‚ “नेपालको कुनै पनि राजनीतिक दल चोखो र जनउत्तरदायी छैनन्।”

उनले जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको दाबी गरे। श्रम संस्कृति पार्टी मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको उल्लेख गरे।

अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए। उनले भने, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू पर्ख र हेरको अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ।”