काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

नकपुर। मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले स्वीकृत गरेका छन्।

मधेस प्रदेश सभामा विश्वासको मत लिने आधार नदेखेपछि मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका थिए।

राजीनामा घोषणा गरेका मुख्यमन्त्री यादवले आज (बुधबार) प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राजीनामा बुझाएका छन् । प्रदेश प्रमुखका कार्यालयका निमित्त सचिव शत्रुधन यादवले मुख्यमन्त्री सरोज यादवले नेपालको संविधानको धारा १६९को उपधारा १ को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा २०८२ मंसिर १७ गतेको दिन प्रदेश प्रमुखले स्वीकृत गरेको जनाएका छन्।

संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्‌को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरासमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो पनि…

मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा [भिडियोसहित]