काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी लायन्सलाई विराटनगर किङ्सले १४५ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।

विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए। ४२ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। बसिर अहमद २८, साम हिजलेट २७ रनमा आउट हुँदा फाफ डु प्लेसिसले १२ रनको योगदान दिए।

अन्यको भने ब्याटिङ चल्न सकेन। लुम्बिनीका शेर मल्लले सर्वाधिक ३ विकेट लिए। जेजे स्मिथ, अविषेक गौतम र रुबेन ट्रम्प्लम्यानको नाममा समान १-१ विकेट रह्यो।