काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

मोरङ। मोरङको बेलबारी ७‚ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज (बुधबार) दिउँसो बाहुनी बजारनजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो। को.२त ९६१३ नम्बरको ट्याक्टरमा चढेका चारजनामध्ये तीनजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव भने फरार छन्। उनको खोजी भइरहेको पनि दाहालले जनाए।