काठमाडौँ
००:००:००
१९ फाल्गुन २०८२, मंगलवार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ। काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ।

आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ।