काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले आज (बुधबार) सूचना जारी गरी शुक्रबार दिनको ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो।

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ।

यो पनि…

मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा [भिडियोसहित]

मधेसका मुख्यमन्त्रीको राजीनामा स्वीकृत