काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

सुर्खेत। साबिक नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दल ‘नेपाली कम्युनिस्ट पार्टी’ मा रुपान्तरण भएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले साबिक माओवादी केन्द्र प्रदेश सभा दललाई अब नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेको हो। अब नेकपा कर्णाली प्रदेश सभा दलमा साबिक नेकपा एकीकृत समाजवादीका एक सांसदसहित १३ सदस्य भएका छन्।

माओवादीसहित वामघटकबीच भएको एकतापछि जनार्दन शर्माको अभियानमा लागेका साबिक माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गर्न नेकपाको केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ।

“उहाँ अभियानमा लागेपछि स्वतः संसदीय दलबाट हटिसक्नुभएको थियो, अब सांसदबाट निष्कासन गर्न केन्द्रमा सिफारिस गरेका छौं‚” नेकपा संसदीय दलका प्रदेश सभा प्रमुख सचेतक कृष्ण जीसीले भने।

यस्तै बैठकले नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संसदीय दलको विधान पनि पारित गरेको उनले जानकारी दिए। हाललाई संसदीय दल नेतासहितका पदाधिकारी चयनका लागि जीसीलाई नै जिम्मेवारी दिइएको छ। अर्को बैठकमा उक्त विषयमा छलफल गरिने जीसीले जानकारी दिए।

यस्तै प्रदेश सरकारले प्रशासनिक भवन निर्माणको ठेक्का प्रक्रियामा सेटिङ भएकाले हालको नेकपा प्रदेश संसदीय दलले अध्ययन गरी प्रक्रियामा जाने निर्णय गरिएको उनले जानकारी दिए।