काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले रौतहटबाट नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट देवानी गोनाही नगरपालिका-४ का २० वर्षीय अजय पटेल, सोही ठाउँका २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण-२ का २३ वर्षीय जयप्रकाश कुमार रहेका छन्।

उनीहरूलाई मंगलबार अपराह्न ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले बताए। बस्यालका अनुसार उनीहरू बीआर०५एटी ०९८३ नम्बरको मोटरसाइकलमा सवार थिए।

उनीहरूको साथबाट प्रहरीले एक हजार दरका ११८ थान नक्कली नोट बरामद भएको छ। पक्राउ परेकाहरू नक्कली नोट फालेर भाग्न खोजिरहेका थिए। ती नक्कली नोट कहाँ छापिएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ।