काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अमेरिकी वायुसेनाको थन्डरबर्ड्स स्क्वाड्रनको एफ-१६ लडाकु विमान बिहीबार अमेरिकामा दुर्घटना भएको छ।

दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्कन सफल भएकाले उनको ज्यान जोगिएको छ।

यो घटना स्थानीय समयअनुसार बिहान करिब १०:४५ बजे डेथ भ्यालीको दक्षिणमा अवस्थित एक दुर्गम मरुभूमि क्षेत्रमा भएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा विमान खसिरहेको र पाइलट प्यारासुटबाट बाहिर निस्किरहेको देखिएको छ। विमान खसेपछि ठूलो आवाजका साथ विस्फोट भयो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाइलटलाई सामान्य चोटपटक मात्र लागेको छ। उनलाई अस्पताल लगिएको छ।

स्थानीय अग्नि नियन्त्रण विभागले घटनास्थलमा पाइलट मात्र भेटिएको र आगोले वरपरका क्षेत्रलाई कुनै खतरा नभएको बताएको छ।