नयाँ दिल्ली। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन्। उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेर स्वयंले स्वागत गरे।
पुटिन चार वर्षपछि भारत भ्रमणमा पुगेका हुन्। भारतमा पुटिन २३औँ भारत-रुस शिखर सम्मेलनमा सहभागी हुँदै छन्।

तस्बिर : एएनआई
पछिल्ला वर्षमा पश्चिमी मुलुकहरूले युद्धका कारण रुससँग दूरी बढाइरहेका बेला पुटिनको भारत आगमनलाई नयाँ रणनीतिक सन्तुलन खोजीको संकेतका रूपमा हेरिएको छ।
यो भ्रमण कूटनीतिक कार्यक्रम मात्र नभई, युक्रेन युद्धपछिको बदलिँदो अन्तर्राष्ट्रिय शक्ति समीकरणको सन्देश मान्न सकिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार छ।

तस्बिर : रोयटर्स