काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेकी छन्।
आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी २१ फागुनको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपालगायत साना तथा मधेसकेन्द्रित दलले निर्वाचनकेन्द्रित गतिविधिसमेत सुरु गरिसकेका छन्।