काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिकलाई पराजित गरेको छ।

रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधवार एथलेटिको बिलबाओमाथि सजिलो ३–० को जित निकालेको छ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने एडुआर्डो कामाभिङ्गाले एक गोल गरेका थिए।

एमबापेले सातौँ मिनेटमा पहिलो गोल गरेपछि ५९ औँ मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो कोमाभिन्गाले ४२ औँ मिनेटमा अर्को गोल गरे। हारले बिलबाओ २० अंकमा आठौँ स्थानमा रह्यो।

यो जितपछि रियल म्याड्रिडको ला लिगामा १५ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछाडी रहेको छ।