काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भारतमा जारी भारत र दक्षिण अफ्रिकाबिचको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङको लागि आमन्त्रित भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो।

दक्षिण अफ्रिकाको जितमा एडन मार्क्रमले शतकीय पारी खेल्दै ११० रन बनाएका थिए भने माथ्यु ब्रीटज्केले ६८, डेवाल्ड ब्रेभिसले ५४, कप्तान टेम्बा बभुमाले ४६, कोर्बिन बोचले २९ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले १०२ र ऋतुराज गायकवाडले १०५ रनको शतकीय पारी खेलेका थिए भने कप्तान केएल राहुलले ६६ रन बनाएका थिए ।

यससँगै दक्षिण अफ्रिकाले तीन खेलको शृङ्खला १-१ को बराबरी गरेको छ। भारतले रांचीमा खेलिएको पहिलो एकदिवसीय खेल १७ रनले जितेको थियो। दुई टोलीबीचको शृङ्खलाको तेस्रो तथा अन्तिम खेल शनिबार विशाखापट्टनममा खेलिनेछ।