काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ मंसिर २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिङ्गो पार्टी एक भएर जाने बताएका छन्।

अखिल नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले पार्टी र नेतृत्वप्रति प्रहार भएको अवस्थामा एकताबद्ध भएर जानुको विकल्प नभएको बताए।

“हाम्रो पार्टीले प्रतिस्पर्धामा निषेध गर्दैन। म प्रतिस्पर्धा गर्छु भन्नेका लागि पार्टीले सधैँ ढोका खुला राखेको छ”, महासचिव पोखरेलले भने, “हामी एकतामा जोड दिन्छौँ। प्रतिस्पर्धा गर्न आउनेलाई ढोका खुला राख्छौँ।”

उनले पार्टीको नीति निर्माणका सन्दर्भमा पहिले नै सम्पन्न गरिसकेकाले नेतृत्व निर्माणको महाधिवेशनका रूपमा लैजाने बताउँदै घरघरमा पुगेर हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने बताए।

अनेम सङ्घका अध्यक्ष टुका हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियान मात्र नभएर अरू बेला पनि आफूहरूले महिला हिंसाविरुद्ध काम गरिरहेको बताइन्। उनले हाल धेरै महिला प्रविधिको प्रयोगबाट हिंसामा परेको भन्दै त्यसको सही प्रयोग गर्नुपर्ने बताइन्।