नारायणगोपाल विशेष
हस्पिटलमा उहाँसँग संगीतको खासै कुरा हुँदैनथ्यो। एकचोटि चाहिँ त्यही गीतको कुरा उप्काएर दाइसँग गाउने इच्छा थियो भने। ‘खोई अब यस्तो छ,’ दाइले सानो स्वरमा भन्नुभयो।
‘राम्रो गाउँदा रहेछौ’
मैले रेडियो नेपालको स्टुडियोभित्र गाइरहेको नारायण दाइले बाहिरैबाट सुन्नुभएछ। उसै त कम बोल्ने मान्छे, छोटो प्रतिक्रिया दिनुभयो। आफूले देउताजस्तै मान्ने गायकले दिएको प्रतिक्रियाले मलाई ठूलो हौसला मिल्यो।
यो २०२७ सालको कुरा हो। म दोस्रोपटक धरानबाट रेडियो नेपालमा गीत रेकर्ड गराउन आएको थिएँ। त्यही बेला हो, उहाँसँग पहिलोपटक भेट भएको।
‘कम्पोजिसन राम्रो गर्दा रहेछौ। एकदम फरक। अनि गाउन पनि राम्रो गाउँदा रहेछौ तिमी’ भनेर मेरो प्रशंसा पनि गर्नुभयो।
१ पुस २०२५ मा सांस्कृतिक संस्थानको टोलीबाट नाटक लिएर हामी काठमाडौँ आएका थियौँ। मैले पहिलोपल्ट काठमाडौँ टेकेको त्यहीबेला हो। नाटकबीचमा गीतले खाली ठाउँ भर्न भनेर मलाई लिएर आएका थिए। तर, नाटक हेरिरहेका तत्कालीन राजा महेन्द्रले भोलिपल्टै मेरो गीत रेडियो नेपालमा रेकर्ड गराउन निर्देशन दिएछन्। विजय श्रेष्ठले लेखेको ‘म पत्थरको देउता होइन’ त्यसैबेला रेकर्ड भएको थियो।
बिस्तारै रेडियो नेपालमा मेरो आउजाउ बढ्दै गयो। स्टुडियोमा उहाँको गाउने पालो थाहा पाएका बेला म सुन्न छुटाउँदैनथेँ। त्यहीक्रममा भेटघाट बाक्लिँदै गयो। मेरा मितज्यू गोविन्द कटुवाल र म उहाँसँग नजिक भयौँ।
एकदिन नारायण दाइले मितज्यू र मलाई खानाको निम्तो दिनुभयो। उहाँ घर छाडेर ठमेलको एउटा भित्री टोलमा बस्नुहुन्थ्यो। हामी त्यहाँ पुग्यौँ। पेमला भाउजूसँग पनि भेट भयो। रोचक चाहिँ के भने, हामीलाई खाना खान भनेर बोलाउनुभएको तर पुगेको १५/२० मिनेटसम्म पनि न खाना आउँछ, न चियापानी।
मेरो त त्यसबेला काठमाडौँमा गाँसबासको केही ठेगान थिएन। भोकले पेट कुइँकुइँ भइसकेको थियो। बल्ल बल्ल नारायण दाइ डल्ले खोर्सानी र नुन बोकेर आउनुभयो। टक्क टेबलमा राखेर फेरि भित्रै जानुभयो। हामी पाँचसात मिनेट त्यही डल्ले र नुन हेरेर बस्यौँ।
त्यसपछि भाउजू आएर भन्नुभयो, ‘तपाईंहरूको दाइले यस्तै जोक गर्छ। यसलाई अन्यथा नठान्नु। म खाना ल्याउँछु। मासु जे पनि खानुहुन्छ हैन?’
‘हजुर खान्छौँ,’ हामीले खुसी भएर भन्यौँ।
भाउजूले खाना ल्याउनुभयो। एकछिनमा नारायण दाइ पनि आउनुभयो र ‘बोर भयो कि क्या हो’ भनेर सोध्नुभयो।
‘बोर भएन दाइ, एकछिन चाहिँ अचम्म लाग्यो,’ मैले भनेँ।
‘किन?’ उहाँले सोध्नुभयो।
‘भात खान बोलाउनुभएको दाइले डल्ले खोर्सानी र नुन मात्र खुवाएर पठाउनुहोला कि भन्ने लागेर,’ मैले पनि ठट्टा गरिदिएँ।

दीप श्रेष्ठ। तस्बिर : बिक्रम राई
उहाँले पनि उही शैलीमा भन्नुभयो, ‘पूर्वको मान्छे डल्ले खोर्सानी खान्छ भनेर ल्याएको नि।’
खाना खाँदै गफगाफ चल्यो। ‘कम्पोजिसन राम्रो गर्दा रहेछौ। एकदम फरक। अनि गाउन पनि राम्रो गाउँदा रहेछौ तिमी’ भनेर मेरो प्रशंसा पनि गर्नुभयो।
आमा नै फ्यान
नारायण दाइ राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि कार्यक्रम लिएर धरान पुग्नुभएछ।
धरानमा पेमला भाउजूको साइनो पर्ने एउटा तामाङ परिवार थियो। भानुचोक, अहिलेको घण्टाघर पछाडितिर उनीहरूको मीठो मम, थुक्पा पाइने रेस्टुराँ थियो। त्यो परिवारका सबै मेरा साथी थिए।
उहाँ त चकितै पर्नुभयो। अनि भन्नुभयो, ‘नारायण बाबु पो! यस्तो पिउँदो रहेछ। कस्तो मीठो गाउने मान्छे। कस्तो बिहानैदेखि त्यसरी पिउनुभएको बाबुले।’
दाइ त्यहाँ पुग्नुभएछ। त्यहाँबाट घरमा फोन गर्नुभयो, ‘तिमी कहाँ हो? म धरान आएँ।’
बिहानको ८ बजेको थियो।
भानुचोकनजिकै कलेज रोडमुनि हाम्रो घर थियो। कुद्दै गएर दाइलाई घर लिएर आएँ। दाइलाई चिया खुवाउनुपर्यो भनेर सोचेको त उहाँलाई एकाबिहानै रक्सीको तलतल लागेको रहेछ।
सोध्नुभयो, ‘माले बनाएको छैन?’
‘छ नि अलि अलि,’ मैले भनेँ।
‘छ भने खै ल्याऊ न। कार्यक्रममा जानुपर्छ ९ बजेतिर,’ दाइले हतार गर्नुभयो।
‘कार्यक्रम सकेर खाए हुँदैन?’ मैले भनेँ।
‘हैन, अहिले मुड आइराछ यहाँ,’ दाइ माने पो।
बुवाले पनि पिउने भएकाले आमाले घरमै रक्सी पार्नुहुन्थ्यो र त्यसबेला पाइने ओरेन्ज स्क्वासको बोतलमा भरेर राख्नुुहुन्थ्यो। भित्र गएर हेरेको भर्याङमुनि चारपाँच बोतल रक्सी रहेछ। दाइले कति नै खानुहोला र भनेर एक बोतल लिएर आएँ। आमाले अन्डा र मूलाको अचार दिनुभयो।
त्यो एक बोतल रक्सी त दाइले छिनभरमै सक्नुभयो। १० मिनेट पनि लागेन। अनि सोध्नुभयो, ‘अरू छैन?’
‘छैन’ भन्न पनि सकिनँ। भित्र गएर अर्को बोतल लिएर आएँ। रक्सी र हर्लिक्सको बोतलमा राखेको मूलाको अचार सबै सक्नुभयो। ‘एउटा अन्डा बनाऊ’ भन्नुभयो। २० मिनेटजतिमा दुई बोतल रक्सी पूरै सक्नुभयो।
‘म चाहिँ अहिले गएँ। भरे भेट नहुन सक्छ।’ यति भनेर उहाँ हिड्नुभयो।
त्यो दिन शिव सिनेमा हलमा उहाँहरूको कार्यक्रम थियो। भरे भेट्न नपाइने बुझेपछि मैले बिदा गरेँ।
एकछिनपछि आमा आउनुभयो। अचम्म मान्दै मलाई भन्नुभयो, ‘बिहानै ८ बजे दुई बोतल रक्सी खाने साथी चैँ अब कहिल्यै घर नल्याउनू।’
खासमा आमा रेडियोमा बच्चुकैलाश र नारायणगोपालका गीत खुब सुन्नुहुन्थ्यो। टेलिभिजनको जमाना थिएन। देख्नुभएको थिएन। आफ्नै अगाडि रक्सी खाने मान्छे नारायणगोपाल भन्ने उहाँले चिन्ने कुरै भएन।
‘उहाँ त तपाईंको मनपर्ने गायक हो नि, मा,’ यही मौकामा मैले सुनाएँ।
उहाँ त चकितै पर्नुभयो। अनि भन्नुभयो, ‘नारायण बाबु पो! यस्तो पिउँदो रहेछ। कस्तो मीठो गाउने मान्छे। कस्तो बिहानैदेखि त्यसरी पिउनुभएको बाबुले।’
‘अल्झेछ क्यारे पछ्यौरी गीत’ आमालाई खुब मन पर्थ्यो। आमा पनि घरमा गुनगुनाइरहनुहुन्थ्यो। मैले सुरुमा गाउन सिकेको पनि आमाबाटै हो।
मध्यरातका श्रोता
एकदिन राति १२ बजे घरमा फोन आयो।
‘आऊ त तिमीहरू यहाँ’ भनेर नारायण दाइले फोन राख्नुभयो। विश्वम्भर प्याकुर्याल र कमलमान सिंहलाई पनि त्यसै गर्नुभएको रहेछ। दाइलाई के परेछ भनेर हतारिँदै हामी तीनै जना एउटै मोटरसाइकलमा गयौँ।
उहाँको घरअगाडि पुग्यौँ, तर गेटमा ताल्चा लगाइएको थियो। कसैले खोलिदिँदैन। ढङढङ गर्यौँ, तर पनि खोलिएन। १५/२० मिनेट चिसोमा बाहिरै बस्यौँ। बाहिरको पर्खाल मेरो कुमकुम आउँथ्यो। फुत्त नाघेर भित्र पसेँ अनि भर्याङबाट माथि चढेँ। दाइ त माथि पर्दाबाट हामीलाई हेर्दै मुसुमुसु हाँस्नुहुँदै रहेछ।
‘तपाईं जहिले पनि यस्तै गर्नुहुन्छ, साथीहरू सबै जना बाहिर चिसोमा छन् अघिदेखि’ भाउजूले यसो भन्दै चुकुल खोलिदिनुभयो।
दाइ चाहिँ हातले मुख छोपेर हाँस्दै हुनुहुन्थ्यो। चट्ट लुंगी लगाएर हार्मोनियम अगाडि राखेर बस्नुभएको रहेछ।

दीप श्रेष्ठ। तस्बिर : बिक्रम राई
‘नारान, किन बोलाएको तिमीले यति राति?’ विश्वम्भरले सोध्यो।
‘दुइटा गीत ट्युन गरेको थिएँ के! अनि तिमीहरूलाई सुनाउन बोलाको नि,’ दाइको जवाफ आयो।
‘अनि यतिबेला किन त? भोलि सुनाउँदा हुँदैनथ्यो?’ विश्वम्भरले प्रतिप्रश्न गर्यो।
‘हैन, अहिले मुड आयो मलाई। कसलाई सुनाऊँ त, तिमीहरू नै त हो सुन्ने। त्यसैले बोलाको नि।’ यति भनेर हार्मोनियम बजाउन थाल्नुभयो।
हामी विश्वम्भरकै घरमा थियौँ। नारायण दाइ चाहिँ राति पिएर घर जानुभएको थियो। उहाँ माते पनि नमातेजस्तो देखिने, मोटरसाइकल पनि आरामले कुदाउनुहुन्थ्यो।
त्यो रात दुई वटा गीत सुनाउनुभयो। एउटा राल्फाका रामेशले गाएको गीत ‘मेरो प्यारो ओखलढुंगा’ अनि अर्काे ‘केही मीठो बात गर।’
गीत सुनाएपछि दाइले मलाई ‘ए एरेन्ज गर न’ भन्नुभयो।
‘दाइ, मलाई उहिलेको पाराको एरेन्ज मात्र आउँछ, अहिलेको पाराको आउँदैन,’ मैले भनेँ, ‘बरु शुभबहादुर सुनामलाई दिनुस्। एकदम राम्रो गर्छन्।’
पछि दाइले सुनामलाई नै एरेन्ज गर्न दिनुभयो।
त्यतिबेला दाइलाई मैले भनेको थिएँ, ‘रामेशहरूले गाइसकेको गीत चाहिँ दाइले नगाइदिए हुन्थ्यो।’
दाइले सहजै भन्नुभयो, ‘मलाई यही गीत मन पर्यो त के गरूँ!’
दाइले त्यो गीत गाइदिए रामेशको गीत ओझेल पर्ला भन्ने मलाई लागेको थियो। नभन्दै त्यस्तै भयो।
गीत सुन्दासुन्दै हल्का पिइयो पनि।
मेरो काठमाडौँ आउनेजाने क्रम झन् झन् बढ्दै गयो। आएका बेला दाइसँग सँधै भेट हुँदैनथ्यो। अनि हामी कसो कसो गरेर विश्वम्भर प्याकुर्यालको माध्यमबाट धेरै भेट्न थाल्यौँ।
त्यसपछि त विश्वम्भरको त्रिभुवन विश्वविद्यालयको क्वार्टरमा उहाँसँग भेटघाट हुन थाल्यो। विश्वम्भरले मलाई बोलाउँथे, अनि नारायण दाइ पनि त्यहाँ आउनुहुन्थ्यो। त्यहाँ हाम्रो महफिल खुब जम्थ्यो। दाइ गीत गाउनुहुन्थ्यो, म सुन्थेँ। अनि आफ्ना कम्पोजिसन डराई डराई सुनाउँथेँ।
अर्को त्यस्तै घटना छ।
हामी विश्वम्भरकै घरमा थियौँ। नारायण दाइ चाहिँ राति पिएर घर जानुभएको थियो। उहाँ माते पनि नमातेजस्तो देखिने, मोटरसाइकल पनि आरामले कुदाउनुहुन्थ्यो।
त्यो बर्खाको बेला थियो। उहाँको घर पुग्ने बेला खेतको आली आली हुँदै जानुपर्थ्यो। राति जाँदै गर्दा उहाँको मोटरसाइकल कान्लाबाट तल झरेछ। आफू चाहिँ जोगिनुभएछ। फोन गरेर ‘ल मोटरसाइकल झर्यो, निकाल्न आऊ’ भन्नुभयो। विश्वम्भरले नै भन्यो, ‘हामीले चाहिँ कहाँ निकाल्न सक्छौँ त? आज नआउने, भोलि आएर निकाल्नुपर्छ।’
एकपटक चाहिँ दाइले मलाई फसाइदिनुभयो।
त्यसबेला तोरणबहादुर कार्की त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुुनुहुन्थ्यो। उहाँको घरमा सानो पार्टी थियो। त्यहाँ नारायण दाइ, विश्वम्भरहरूलाई बोलाइएको थियो। उहाँहरूको ओहदाका अगाडि म त सानै थिएँ। तर, ‘दीपजी पनि आउनुस् है’ भनेर बोलाइएको थियो। त्यहाँ केही विदेशी पनि थिए।
मलाई जहिल्यै उहाँसँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। उहाँको कुरा सुन्दा उहाँमा पनि त्यस्तै भाव रहेको म पाउँथेँ। तर, के मिलेन, त्यस विषयमा गम्भीर कुराकानी नै हुन पाएन।
खासमा त्यहाँ नारायण दाइलाई गीत गाउन निम्त्याइएको रहेछ। उहाँ नआउने अवस्था आयो भने विकल्पमा मलाई बोलाइएको रहेछ। तर, मलाई यसबारे केही थाहा थिएन।
नारायण दाइ पिउँदै हुनुहुन्थ्यो।
‘दीप! आजको कार्यक्रम तिमीले भ्याइदेऊ है’ भनेर उहाँ फुत्तै निस्किनुभयो।
मेरो केही तयारी थिएन। के सुनाउनु? म अलमलमा परेँ। एक-दुइटा गीत सुनाएँ। सबैले थप्पडी मारे।
उहाँ बेलाबेला यसरी नै फसाइदिनुहुन्थ्यो।
नारायण दाइ रक्सी यति मीठो गरी खानुहुन्थ्यो कि उहाँले खाएको हेर्दै खाऊँ खाऊँ लाग्ने।
पीपल बोटनजिकै भावना रेस्टुराँ थियो। उहाँ नियमित ग्राहक। हरेक साँझ रेस्टुराँमा उहाँका लागि रक्सी, सितन र खानेकुराको सेट राखिदिएको हुन्थ्यो। रेस्टुराँको मान्छेले उहाँको भाग कसैलाई नदिने। नारायण दाइको भनेपछि सकियो। पछि म पनि जान थालेँ। मेरा लागि पनि एक सेट राखिदिन्थे।
साँझमा निकै भीड हुन्थ्यो। मान्छे गइसकेपछि ढोका बन्द हुन्थ्यो। त्यसपछि नारायण दाइ, म र विश्वम्भर पालैपालो जान्थ्यौँ।
जलाएको हेर्न सकिनँ
नारायण दाइले मेरो एउटा गीत मन पराउनुभएको थियो। ‘कहिले कहिले आकाश पनि मेरो सामु झुकिदिन्छ’ बोलको। वसन्त थापाले लेखेको यो गीत सुरुमा मणिकमल क्षेत्री र मैले गाउने योजना थियो। मणिकमल दार्जिलिङ, म यता हुनाले गीत रेकर्ड हुनसकेको थिएन।
एकदिन दाइले सोध्नुभयो, ‘खोइ, गीत छैन?’
मलाई दाइको स्वरको लोभ लाग्यो। हतपत ‘ल दाइ, एउटा गीत त छ’ भन्दै त्यही गीत सुनाइदिएँ। उहाँले ‘ल यो गीत गाउनुपर्छ’ भन्दा म फुरुंग भएँ।

दीप श्रेष्ठ। तस्बिर : बिक्रम राई
पछि उहाँले बिर्सिनुभयो कि, त्यो गीतको कुरा त्यत्तिकै हरायो। मैले त सम्झिरहेकै थिएँ, तर उहाँलाई त्यो कुरा दोहोर्याउन आँट आएन। किनभने, कुनै पनि कुरा दोहोर्याएर भने उहाँ एकदम झर्को मान्नुहुन्थ्यो।
मलाई जहिल्यै उहाँसँग काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। उहाँको कुरा सुन्दा उहाँमा पनि त्यस्तै भाव रहेको म पाउँथेँ। तर, के मिलेन, त्यस विषयमा गम्भीर कुराकानी नै हुन पाएन।
बिस्तारै बिस्तारै दाइले एकदम धेरै पिउन थाल्नुभयो। दिनकै दुई बट्टाजस्तो ५५५ चुरोट खान थाल्नुभयो। मैले, विश्वम्भर र कमलमान सिंहले ‘दाइ यसरी नखानुस्’ भनेर धेरै सम्झायौँ। तर, उहाँ झर्किंदै भन्नुहुन्थ्यो, ‘अब तिमीहरू सबैले सम्झाउने, घरमा पनि सम्झाउने।’
उहाँसँग गाउने इच्छा गरेको त्यो गीत अहिलेसम्म बाहिर आएको छैन। रेकर्ड गर्ने इच्छा छ। म पनि ७५ वर्ष पुगिसकेँ, तर अझै १५ वर्ष गाउँछु भन्ने लाग्छ। हेरौँ के हुन्छ!
उहाँलाई रोगले च्यापिसकेको पछि मात्र थाहा भयो। सुरुमा फोक्सोमा पानी जमेको देखिएको थियो। त्यो क्षयरोगको लक्षण रहेछ।
दाइ थलिएपछि वीर हस्पिटल लगेर राखियो। उहाँ कसैले भनेको नमान्ने। डाक्टरले रक्सी, चुरोट नखाऊ भन्दा पनि नटेर्ने।
एकपटक हस्पिटलमा उहाँसँगै थिएँ। बेडमा उहाँको स्वेटर खोल्दा त ५५५ चुरोटको बट्टा फुत्त भुइँमा खस्यो। ‘यहाँ पनि चुरोट खानुहुन्छ?’ सोधेँ।
इसारा गर्दै भन्नुभयो, ‘चुप लाग। त्यो चुरोट तिमी राख।’
हस्पिटलमा सुतिरहेको मान्छे साँझ परेपछि एकातिरको ढोकाबाट मेनरोडतिर फुत्त बाहिर निस्किने अनि गल्लीतिर पसेर मजाले पिएर फेरि बेडमै आएर सुत्नुहुँदो रहेछ। कसैले थाहा नपाउने। पछि हामीलाई यो कुरा थाहा भयो। उहाँ बिरामीजस्तो पनि नदेखिने, हट्टाकट्टा नै हुनुहुन्थ्यो।
हस्पिटलमा उहाँसँग संगीतको खासै कुरा हुँदैनथ्यो। एकचोटि चाहिँ त्यही गीतको कुरा उप्काएर दाइसँग गाउने इच्छा थियो भनेँ। ‘खोइ अब यस्तो छ,’ दाइले सानो स्वरमा भन्नुभयो।
दाइ गम्भीर भएपछि त भेट्न जान पनि पाइएन। जिस्किँदाजिस्किँदै आफ्नै लापरवाहीले दाइको ज्यान गयो। श्रद्धाञ्जली दिन त गएँ, तर जलाएको हेर्न सकिनँ।
उहाँसँग गाउने इच्छा गरेको त्यो गीत अहिलेसम्म बाहिर आएको छैन। रेकर्ड गर्ने इच्छा छ। म पनि ७५ वर्ष पुगिसकेँ, तर अझै १५ वर्ष गाउँछु भन्ने लाग्छ। हेरौँ के हुन्छ!
प्रस्तुति : गोपाल दाहाल