काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

नारायणगोपाल विशेष

भौतिक शरीर त्यागेको ३५ वर्षपछि पनि नारायणगोपाल स्मृतिको संग्रहालयमा बाँचिरहेका छन्।

१९ मंसिर २०८२
नारायणगोपाल संगीत कोषमा संग्रहित उनका तस्बिर, पदक, पुरस्कार, बाजालगायत
अ+
अ-

मान्छेहरू मृत्युपछि पनि स्मृतिमा बाँच्छन्। बितेका मान्छेहरूको काम, उनीहरूसँग बिताएका सम्झना र उनीहरूका सरसामान ती स्मृति साँचिने माध्यम हुन्।

भौतिक शरीर त्यागेको ३५ वर्षपछि पनि नारायणगोपाल यस्तै स्मृतिको संग्रहालयमा बाँचिरहेका छन्। नारायणगोपाल संगीत कोष नामको यो संग्रहालयमा उनका तस्बिर, उनले प्रयोग गरेका हार्मोनियम, तबला, पुराना क्यासेट, मोटरसाइकल, चस्मालगायत सामग्री नासोका रूपमा बचाएर राखिएका छन्।

नारायणगोपालको हार्मोनियम

नारायणगोपाल बस्ने कोठा, उनको भान्साकोठालगायत पारिवारिक तस्बिर, पदक, सम्मान, पुरस्कारजस्ता कुराले नारायणगोपाल सम्झाइरहन्छन्। नारायणगोपाल संगीत कोषमा सुरक्षित साथ राखिएका सामग्री स्मृति मात्रै होइनन्, संगीत र इतिहासका अध्ययन सामग्री पनि हुन्।

नारायणगोपाल र पेमला लामा गुरुवाचार्य साथमा नारायणगोपालले प्रयोग गर्ने चस्माहरू

नारायणगोपालका तबला

नारायणगोपाल दम्पतीलाई उनीहरूको सन्तान नभएपछि धेरैले धर्मपुत्र पाल्न सुझाव दिएका थिए। तर, नारायणगोपालले कसैलाई धर्मपुत्र बनाउनुको साटो एउटा संगीत स्कुल खोलेर आर्थिक रूपमा विपन्न, असहायहरूलाई संगीत सिकाउने इच्छा व्यक्त गरे।

नारायणगोपाल र उनकी श्रीमती पेमला

नारायणगोपालले प्राप्त गरेका पुरस्कारहरू

नारायणगोपालकी पत्नी पेमला गुरुवाचार्यले बागीना पत्रिकामा संगीत कोषको जन्मलाई नारायणगोपालको अन्तिम इच्छाको प्रतिरूप भनेकी छन्। नारायणगोपालको यही चाहनाअनुसार वाद्यवादनमा नयाँ पुस्ता उत्पादन गर्ने उद्देश्यले कोषका संगीत निर्देशक तथा भायोलिनवादक राजकुमार श्रेष्ठले विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन्।

नारायणगोपालले विसं २०४५ मा प्राप्त गरेको जगदम्बाश्री पुरस्कार

नारायणगोपालको मोटरसाइकल