२० मंसिर २०८२
अ+
अ-

काठमाडौं। आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ।

अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा विभाजन गरिएको छ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन्। जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन्।

२०२२ को विश्वकप खेलेका २६ देश अहिले पनि छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन्। त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन्।

हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन्। २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाई १९ मा हुने छन्।