२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अस्कर कलेजमा अस्ट्रियाकी वृत्तचित्र निर्देशक क्यारोला मायरकै उपस्थितिमा ‘हेलवाच’ प्रदर्शन हुने भएको छ।

दिग्गज अस्ट्रेलियाकी वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउने तय भएको छ। २६ मंसिरमा अस्कर कलेजमा उनको वृत्तचित्र हेलवाच प्रदर्शनीका लागि उनी काठमाडौं आउने भएकी हुन्।

हेलवाच एकजना अस्ट्रियाकी लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो। अस्ट्रियाको सरकारद्वारा छनोट गरिएका ‘राष्ट्रका लागि योगदान गरेका’ १२ जना साहसी महिलामध्ये मायर एक हुन्।

वृत्तचित्र प्रदर्शनीपछि निर्देशक मायरसँगको अन्तर्क्रियासमेत गरिने कलेजका शिक्षक नवनिधि दाहालले जानकारी दिए। उनले वृत्तचित्रको प्रदर्शनीलगत्तै तीनदिने ‘क्यालिओप प्रस्तुति’को पनि उद्घाटन हुने बताए।

उनले २६ देखि २८ मंसिर (१२ देखि १४ डिसेम्बर) सम्म क्यालिओप प्रस्तुति प्रदर्शनी अस्ट्रियाली दूतावास नयाँदिल्लीसँगको सहकार्यमा अस्कर कलेजले आयोजना गरेको बताए।