काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न समिति बनाएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले घटनाबारे सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एकजना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको हो।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यादेश दिइएको छ।

घटनाको सत्यतथ्य बुझ्न भन्दै शनिबार मात्र प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्।