काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सरकार गठनमा दलहरू बीचमा सहमति नभएपछि तीन दलका मन्त्रीहरू मात्रै शपथ लिएका छन्।

सरकारलाई समर्थन गरेका सात दलमध्ये तीन दलले मात्रै आजको मन्त्रिमण्डलमा सहभागी भएका छन्।

जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री भएका छन् भने नेपाली कांग्रेसबाट जङ्गीलाल यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल बिना विभागीय मन्त्री बनाइएका छन्।

सरकारमा सहभागी रहेका माओवादी केन्द्र, जसपा नेपाल, लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीको विभागको विषयमा टुङ्गो नलागेपछि सहमति हुन सकेन।

पार्टीको आन्तरिक छलफल नटुङ्गिएको कारणले गर्दा जसपा नेपाल सहभागी नभएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन्। ३ बजे संसदीय दलको बैठक बसेको र सोही बैठकबाट आफूहरूले मन्त्री पठाउने विषयमा टुंगो लगाउने जानकारी दिए।

माओवादी केन्द्रका नेता युवराज भट्टराईले मन्त्रीहरूको विषयमा टुङ्गो नलागेका कारणले बिना विभागीय भन्दा अहिले तत्काल सरकारमा सहभागी नभएको जानकारी दिए।