काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

दार्चुला। दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ।

दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो। यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ। हालसम्म भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन।