काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौं। इन्टर मियामीले एमएलएस कपको उपाधि जितेको छ।

आइतबार बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

इन्टर मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने एक गोल एडीएर ओकाम्पोले आत्मघाती गोल गरेका थिए। त्यस्तै भान्कोभरका लागि एक गोल अलि अहमदले गरेका थिए।

एमएलएस कपको उपाधि इन्टर मियामीले पहिलो पटक जितेको हो। एमएलएस कप सबै भन्दा बढी पटक अहिलेसम्म एलए ग्यालेक्सीले ६ पटक जितेको छ भने डिसी युनाइटेडले ४ पटक जितेको छ।