काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
तस्बिर : नेपाल प्रिमियर लिग
अ+
अ-

काठमाडौँ। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई १३० रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

कर्णालीका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।

गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।