विराटनगर। मोरङको रतुवामाई नगरपालिका १ बाट ६७८ किलो लागुऔषध गाँजा बोकेको ट्रकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
२१ मंसिरमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्दा फल्स डाला जोडेर ६७८ किलो गाँजा बरामद गरेको हो।
गाँजासँगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका २ का समेल राई र सोही ट्रकमा यात्रारत सहिदभूमि गाउँपालिका १ का विक्रम विशुङ्खेलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।