काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ।

ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समिति सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन्।

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिए। उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए।

समिति सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए। महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार शुल्क तोकेको छ।

एमालेको यही २७ देखि २९ मंसिरमा काठमाडौँ महाधिवेशन हुँदै छ। महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ।