काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको सङ्ख्या ३६ पुगेको छ।

सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले आज (मंगलबार) ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३६ पुगेको हो। उनले आज विराटनगर किंग्सविरुद्ध ४४ बलमा १ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। जारी सिजनमा उनको यो दोस्रो अर्धशतकसमेत हो।

यस सिजनमा ३६ अर्धशतक गर्ने २९ खेलाडी छन्। यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन्।

यस्तै सुदूरपश्चिम रोयल्सका जोस ब्राउन, हरमित सिंह, क्रिस लिन, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, ऋषि धवन, चितवनका डेबिड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चार्ल्सवर्थ, कर्णालीका मार्कवाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आसिफ सेखले एक/एक अर्धशतक हिर्काएका छन्।

कर्णालीका मार्कवाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन्।

यो पनि…

विराटनगरसँग बदला लिँदै एनपीएलमा सुदूरपश्चिमको फाइनल यात्रा