काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२३ मंसिर २०८२
मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा गरेको प्रदर्शन।
अ+
अ-

काठमाडौँ। भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले काठमाडौँको माइतीघरमा भ्रष्टाचारविरुद्धको पर्चा र पम्प्लेट प्रदर्शन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा नागरिकले ‘भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ ?’, ‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?’ लगायत नारा अंकित प्लेकार्ड तथा ब्यानर देखाइएको थियो।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरका अवसरमा समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको जानकारी दिएको छ। समाजकी उपनिर्देशक सरिता शर्माका अनुसार काठमाडौं, रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सा, गरी १७ जिल्लामा प्रदर्शन गरिएको हो।

हेर्नुहोस् थप तस्बिर :

मानवअधिकार तथा शान्ति समाजले सुर्खेतमा गरेको प्रदर्शन।

मानवअधिकार तथा शान्ति समाजले गुल्मीमा गरेको प्रदर्शन।

मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा गरेको प्रदर्शनमा कृष्ण पहाडीलगायत अगुवा।