काठमाडौँ। ओपनर विनोद भण्डारीको अर्धशतसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो।
सुदूरका विनोदले सर्वाधिक ६३ रन बनाए। ५२ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। जारी प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो। यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए।
सेल्डन ज्याक्सन २०, आरिफ सेख २०, हर्मित सिंह १४, इशान पाण्डे १३ र मुख्तर अहमेद १० रनमा आउट भए।
विराटनगरका मर्चेन्ट डे लिङ्गे र प्रतिश जीसीले समान २-२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले समान १-१ विकेट लिए।