काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

अक्सनका लागि एक हजार ३९० खेलाडीले नाम दर्ता गराएका थिए जसमा छनोट भएका ३५० खेलाडीमध्ये २४० भारतीय र ११० विदेशी छन्।

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक गरिएको छ। यसमा ३५० खेलाडीको नाम समावेश छ।

यी खेलाडीका लागि बोली (अक्सन) १६ डिसेम्बरमा यूएईको अबुधाबीमा लगाइनेछ।

आईपीएलको वेबसाइटका अनुसार अक्सनका लागि एक हजार ३९० खेलाडीले नाम दर्ता गराएका थिए। छनोट भएका ३५० खेलाडीमध्ये २४० भारतीय र ११० विदेशी छन्।

मंगलबार सार्वजनिक गरिएको सूचीमा २२४ भारतीय र १४ विदेशी खेलाडी अनक्याप्ड छन्।

अक्सनमा फ्रेन्चाइजीहरूले ७७ उपलब्ध स्लटका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा ३१ स्लट विदेशी खेलाडीका लागि सुरक्षित छन्।