काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। विपिन शर्मा, युवराज खत्री, अभिषेक तिवारी र साहिल पटेललाई समेट्दै नेपालले यू-१९ एसिया कप खेल्ने टोली घोषणा गरेको छ।

क्यानले मंगलबार अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। १२ देखि २१ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ।

यो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका पनि छन्।

नेपालले १३ डिसेम्बरमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाली टोलीको उपकप्तानी भने नीरज यादवले गर्नेछन्।

टोलीमा यीबाहेक दिलसद अली, चिव्रन श्रेष्ठ, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नीतेश पटेल, चन्दन राम, रोशन विक र वंश क्षेत्री छन्।