काठमाडौँ। नेपाली बक्सर चन्द्र थापा मगरले आइबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य सुरक्षित गरेका छन्।
यूएईमा जारी प्रतियोगितामा उनले ५४ केजी तौल समूह बुधबार इरानी बक्सर महेदी काजमीलाई ५-० ले हराउँदै कम्तीमा कास्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। यो जितसँगै थापाले कम्तिमा ७५ हजार अमेरिकी डलर (एक करोड रुपैयाँभन्दा बढी) पक्का गरेका छन्।
अब सेमिफाइनलमा उनले काजाकस्तानका बक्सरसँग प्रतिस्पर्धी गर्नेछन्। फाइनलमा पुगेमा एक लाख ५० हजार र फाइनल जितेमा तीन लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।
४८ केजी तौल समूहका लालबहादुर उप्रेतीले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे। उनले इथियोपिया र माल्दोभाका बक्सरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। यद्यपि क्वार्टरफाइनलमा काजाकस्तानका बक्सरसँग पराजित भएपछि उप्रेती प्रतियोगिताबाट बाहिरिएका छन्। यद्यपि उनले १० हजार अमेरिकी डलर पुरस्कार रकम सुरक्षित गरेका छन्।