काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भन्सार ऐनका केही प्रावधानमाथि असन्तुष्ट भएका भन्सार एजेन्टहरूले आफ्ना विरोधका कार्यक्रम स्थगित गरेका छन्।

२१ मंसिरबाट लागु भएको प्रावधानमाथि भन्सार एजेन्टहरु असन्तुष्ट बनेका थिए। भन्सार एजेन्टको विरोधका कार्यक्रम स्थगित भएसँगै देशभरका कार्यालयहरु नियमित बनेका छन्।

भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर बर्तौलाका अनुसार आजबाटै देशैभरका सबै भन्सार कार्यालय सञ्चालनमा आएका छन्।

विभागले आजै प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “भन्सार एजेन्ट महासंघको तर्फबाट विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएकामा व्यवस्थापन सुधार गर्ने र विभाग र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू विभाग र कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवं नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको छ।”

नेपालमा उत्तरतर्फ नौ, दक्षिणतर्फ २९, तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय छन् भने चोभारमा एउटा सुक्खा बन्दरगाह छ।