काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिका २ मा स्रोत नखुलेको नगदसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बरको बीआर ३२ एडब्ल्यू-८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाएर राखिएको सात लाख रुपैयाँ मंगलबार मध्याह्नमा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

प्रहरी उपरीक्षक शर्माका अनुसार स्कुटी चलाइरहेका बरियारपट्टी गाउँपालिका ३ का ४६ वर्षीय दिनेश महतोलाई नियन्त्रणमा लिइएको छ। उनका अनुसार बरियारपट्टी क्षेत्रमा केही दिनदेखि निगरानी बढाइएपछि जाँच कडा पारिएको थियो।

सोही क्रममा महतोलाई रोकिएको र डिकी खोल्दा नगद भेटिएको हो। पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यसैसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।