काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। गैरसरकारी संस्था महासंघले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

७७औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको प्रांगणमा आयोजित कोणसभाका क्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नागरिक समाजका तर्फबाट प्रधानमन्त्रीलाई चिठी हस्तान्तरण गरे।

तोकिएको समयमै भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न माग माग गर्दै नागरिक समाजले प्रधानमन्त्रीलाई चिठी हस्तान्तरण गरेको हो।

यसैगरी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि चिठी बुझाउने तयारी भएको महासंघले जनाएको छ।

पत्रमा मानवअधिकार प्रवर्द्धनमा सबै पक्षको भूमिकामाथि जोड दिँदै नागरिक संघसंस्थाले पुर्‍याउँदै आएको योगदानको कदर गर्न, नागरिक संघसंस्थामाथि लगाइएका निराधार आरोपहरूको खण्डन गर्न तथा तोकिएको मितिमा शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न माग गरिएको छ।

साथै राजनीतिक दल, नागरिक समाज तथा निजी क्षेत्रबीच संवाद तथा सहकार्य आवश्यक रहेको विषयमा पनि उक्त पत्रमार्फत ध्यानाकर्षण गराइएको छ।