काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

चीन। दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।

गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो।

आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ।

यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो। हाल चिनियाँ सरकारी समाचार एजेन्सि सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ।

गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ।