काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो।