काठमाडौँ। काठमान्डु गोर्खाजमाथि जित हात पार्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा बुधबार भएको इलिमिनेटरमा लुम्बिनीले ४ विकेटको जित हात पारेको हो। काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। अब लुम्बिनीले फाइनल प्रवेश गर्न विराटगर किङ्ससँग खेल्नेछ। विराटनगर क्वालिफायर १ म सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो।
लुम्बिनीका डी’ आर्च शटले सर्वाधिक ३३ रन बनाए। ३४ बल खेलेका उनले २ चौका प्रहार गर। सन्दीप जोरा २३, रोहितकुमार पौडेल १८ र निरोशन डिकवेला १४ रनमा आउट भए।
काठमान्डुका सन्तोष यादवले सर्वाधिक २ विकेट लिए। करण केसी, सन्नी पटेल, शाहब आलम र रसिद खानको नाममा समान १-१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो।
काठमान्डुका सन्तोष यादवले सर्वाधिक १९ रन बनाए। १४ बल खेलेका उनले एक छक्का प्रहार गरे। मोहम्मद आदिल अन्सारी १८, जोन सिम्पसन १८ र भीम सार्की १४ रनमा आउट भए। अन्यको ब्याट भने चल्न नसक्दा लुम्बिनीले सामान्य लक्ष्य प्राप्त गर्यो।
लुम्बिनीका रोहित र शेर मल्लले समान ३ विकेट लिए। ४ ओभर बलिङ गरेका रोहितले २५ र शेरले २२ रन खर्चिए। रुबेन ट्रम्पलम्यानले २ र अभिषेक गौतमले एक विकेट राखे।