काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको मुख्य प्रशिक्षक माग गरेको छ।

एन्फाले आज (बिहीबार) सूचना प्रकाशित गर्दै प्रो-लाइसेन्स प्रशिक्षक माग गरेको हो। अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेको सात महिना नपुग्दै गत कात्तिकमा राजीनामा दिएका थिए। त्यसयता नेपाली टोलीलाई एन्फाकै टेक्निकल डाइरेक्टर हरि खड्का सम्हालिरहेका छन्।

उनको प्रशिक्षणमा नेपालले मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेलेको थियो। उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो। तर, फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो-लाइसेन्स प्रशिक्षक नै चाहिने प्रावधान छ। सोहीअनुसार एन्फाले नयाँ प्रशिक्षकको नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो।

एन्फाले बिहीबार इच्छुक तथा योग्य उम्मेदवारलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ।