काठमाडौं। इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायमै राखेको छ।
गएराती सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगेलाई ३-० गोलअन्तरले हरायो।
आर्सनलको जितमा नायक बनेका नोनी माडुएकले दुई गोल गरे। खेलको २५ र ४७ औं मिनेटमा उनले गोल गरेका हुन।
५६औं मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनल ३-० ले विजयी भयो।
यो जितपछि आर्सनलको ६ खेलमा १८ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ। त्यस्तै क्लब ब्रुगेको भने ६ खेलमा ४ अंक मात्र रहेको छ र हाल ३१औं स्थानमा झरेको छ।