काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२५ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। ललितपुरको यूएन पार्कनजिक पाँचवटा सवारीसाधन एकैपटक ठोक्किएका छन्। बिहीबार साँझ ४ बजेतिर भएको दुर्घटनामा रौतहटको गौरका ४५ वर्षीय राजीव सिन्हाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा सख्त घाइते भएका बा.५१प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

स्कुटरसहित कुपन्डोलबाट आउँदै गरेको बा.प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१-०२२ च ००६१ नम्बरको कार, बा.२ज ४७६० नम्बरको कार र बा.प्र. ०१-०२९ नम्बरको भ्यान आपसमा ठोक्किएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ।