स्टक वाच
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो‚ जसको अन्तिम सेयर मूल्य १९२३ रुपैयाँ कायम रह्यो।
काठमाडौँ। साताको पाँचौँ तथा अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से घटेरै बन्द भएको छ। यो साताको पाँच कारोबार दिनमा नेप्से एक दिन एकल अंकले बढ्यो भने बाँकी चार दिन घट्यो। यो साता पनि अघिल्लो साताझैँ लगानीकर्ताले सेयरबजारबाट कमाउनुको साटो धेरै गुमाए।
यो साताको पाँच कारोबार दिनमध्ये मंगलबार भने ७.३९ अंकले बढ्नुबाहेक चार दिन लगानीकर्ता निराश बने। साताको पहिलो कारोबार दिन आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार पनि ३.०२ अंकले घटेको थियो। हिजो (बुधबार) नेप्से ५.०३ अंकले घटेको थियो।
नेप्सेले घट्ने सिलसिला कायमै राख्दै आज (बिहीबार) पनि एकल अंकले ओरालो लाग्यो। आज नेप्से १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा रोकियो। नेप्से आज ०.०६ प्रतिशतले घटेको हो।
आजको दिनमा सेन्सिटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ४४६.३० विन्दुमा रोकियो। आज ३२६ कम्पनीको ६९ हजार ७२९ पटकको कारोबारमा ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँबराबरको कारोबार भएको छ।
सेयर बजारमा बिहीबार ९८ कम्पनीको मात्र मूल्य बढ्दा १४९ वटाको घट्यो। ११ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।
नेप्सेमा आइतबार पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँ‚ सोमबार चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ‚ मंगलबार तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँ र बुधबार तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेमा आज पाँच उपसमूहको सूचक बढ्दा बाँकी आठ समूहको सूचक घट्यो। सेयर बजारमा बिहीबार ९८ कम्पनीको मात्र मूल्य बढ्दा १४९ वटाको घट्यो। ११ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम सेयर मूल्य १९२३ रुपैयाँ कायम रह्यो। आज सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले सेयरमूल्य गुमाए।
यसैगरी आज पनि सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भएको छ। ङादीको १८ करोड ९७ लाख १६ हजार २२२ रुपैयाँबराबरको सेयर कारोबार भयो। जसको अन्तिम सेयर मूल्य ४०२ रुपैयाँ कायम रह्यो। कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि ङादी ग्रुप पावर लिमिटेडको नै अगाडि रह्यो। यसको चार लाख ६९ हजार ७७० कित्ता सेयर किनबेच भयो।