२५ मंसिर २०८२
तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कबाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ।

महानगरका अनुसार उक्त संकलन केन्द्र भारत बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए। धेरैपटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको छ।

करिब ४-५ आना जग्गा भाडामा लिएर कबाडी संकलन केन्द्र सञ्चालनमा थियो।

महानगरले चक्रपथभित्र कबाडी संकलन केन्द्र नराख्न आग्रह गर्दै आएको छ। यसअघि पनि महानगरले चक्रपथभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका यस्ता केन्द्रहरू हटाएको थियो।

हेर्नुहोस् थप तस्बिर :