काठमाडौं। कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु भएको छ। १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन्।
उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिक विस्थापित भएका छन्। उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन्।
पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको बताए। अहिलेसम्म ८४९ शिविरहरू स्थापना गरिएको उनले बताए।
यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको छ। थाइल्यान्ड सेनाका क्षेत्रीय कमान्डले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गरेको र झडप अझै जारी रहेको बताएका छन्।