विराटनगर। प्रहरीले रंगेली नगरपालिका ८‚ मोरङबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ९२१ किलो ६६ ग्राम गाँजा २९ वटा बोरामा लुकाएर राखेको अवस्थामा गएराति बरामद गरेको हो।
प्रहरी उपरीक्षक कवित कटवालका अनुसार घटनापछि गाँजा ओसारपसारमा संलग्नको खोजी भइरहेको छ।