काठमाडौँ। युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ।
सान्टियागो बर्नबेउमा गएराति भएको खेलमा सिटीले रियललाई २-१ गोलले पराजित गरेको हो।
रियल म्याड्रिडका लागि खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटमै सिटीका लागि ओ राइल्लीले बराबरी गोल फर्काएका हुन्।
४३औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रतामा ल्याए । त्यसपछि दोस्रो हाफमा कुनै गोल भएनन् र सिटी २-१ ले विजयी भयो।
यो जितसँगै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। सिटीले ६ खेलबाट १३ अंक जोडेको छ। रियल १२ अंकसहित सातौं स्थानमा छ।